Friday, May 25, 2012

डायरिको पानाबाट : चम्पादेवी डाँडा हाइकिङ


२०६६ फाल्गुन २० गते कलेजमा पढाइ नभएकाले हामी चोभार नजिक जलबिनायक घुम्नका लागि गयौ । एकैछिन त्यही घुम्यौ । मन्जुश्रीले पहाड काटेर उपत्यकाको पानी बाहिर जाने मार्ग बनाएको ठाउँ पनि हेर्यौ । किम्बदन्ती पनि कस्ता कस्ता पत्यौनै गाह्रो पर्ने ,तर काटिएको ठाउँ हेर्दा त हो नै जस्तो लाग्थ्यो । "तर कस्तो हतियारले काटे तेत्रो अजङगको पहाड ?" ।".. मन्जुश्री त धेरै बलिया पो थिए होलान .... " यस्तै यस्तै उत्सुकताहरुले सबैको मनमा डेरा जमाइसकेको थियो । त्यहाबाट एउटा पहाड देखिएको थियो । डाडा देखेपछी केटाहरुको मन कहाँ थामिन्थ्यो र ?? अर्को दिन त्यो डाडा चड्ने योजना भयो ।

अघिल्लो दिनको योजना अनुसार हामी २१ गते बिहान १० बजेतिर बसपार्कमा भेट्यौ । साजन घरायसी कारण र सरोज थकाई लागेको कारण देखाइ आएन र शंकर किन आएन थाहा भएन । शंकर घुम्न जाने बेलामा त्यती आउँदैन । खै किन हो ?

दक्षिणकाली यातायात चढेर हामी १० जना गन्तब्यतिर लाग्यौ । टौडहबाट केही पर ओर्लियौ र डाडातिर लाग्यौ । चाउचाउ ,बिस्कुट तलै पसलमा किन्यौ ।केही समय हिडिसकेपछी बोसन भन्ने रमाइलो गाउ आईपुग्यो,तर त्यहाँ पानीको अलि अबाभ रहेछ । सँगै लेगेको पानी सकिसकेको थियो । अरु ठाउँमा जादा पानी प्रसस्त हुन्थ्यो ,बाटैपिच्छे मुहान वा धाराहरु हुन्थे । तर शायद त्यो उपत्यकाको दक्षिण भेग परेर होला पानीको अली अबाभ् भएको । एउटी बजैको घरमा एक बोतल पानी माग्यौ । बजैले पानी दिदै भन्नुभ्यो "डाडा पारी एउटा मात्रा कुवा छ ,अली टाढै पर्छ ।"

फेदमै एउटा मन्दिर रहेछ सायद त्यही थियो होला चम्पादेवी मन्दिर ।घुमघाम क्रममा त्यती जानकारी लिने गर्दैनौ त्यसैले  नि कती ठाउको त राम्ररी नाम पनि थाहा हुँदैन । यसरी हिंड्नुको मज्जा पनि बेग्लै छ । देवीको दर्शन गरेर हामी अझ माथि लाग्यौ । लछ्य एउटै थियो माथि डाडाको टुप्पामा पुग्ने ,बाटो होस् वा नहोस् ,कुनै पर्बाह छैन ।

जतिजती उचाइ बड्दै जान्थ्यो ,लाग्यो हामी सफलताको नजिक पुगिसक्यौ । एउटा अद्रीश्य युद्द हामीले जित्न थालिसक्यौ । डाडाबाट उपत्यकाको द्रिश्य प्रस्ट देखिन्थ्यो र त्यो धरहरा पनि जुन सधैं हाम्रो adventurous यात्राको दर्शक बन्ने गर्छ । हामी उपत्यकाको जुनसुकै डाडा चढेपनी त्यो धरहरा निराश नमानी हामीलाई हेरिरहे जस्तो लाग्छ ।

तर डाडामा चड्ने बाटो भेटियन,वा भनौ बाटो हामीले जानी जानी हरायौ सधैं झै । जङगल भित्र एउटा खोल्सो रहेछ ,शायद बर्षाको भेलले गाउमा पस्ने बाटो थियो त्यो खोल्सा । जे होस् हामीले खोजेको जस्तो थियो त्यो मार्ग । ओरिपरी घना जङगल वा भनौ घना झाडी ,रुखहरु त्यती ठुला थिएनन तर पनि झाडी भने असाध्यै डरलाग्दो,चकमन्न र सुनसान थियो र बिचमा उजाड ढुङ्गा र बालुवा मात्रा भएको खोल्सा । त्यही खोल्सामा नगन्य मात्रामा भएका जरा र भर पर्नै गार्हो हुने ढुङ्गाको साहारा लिएर माथि उक्लियौ । कोही साथीलाई पछाडि बाट धकेल्थे त कोही अगाडिबाट लौरिको मदतले तान्थे ।".. ओए त्रिलोचन अली राम्ररी समाउ है ,यो लठी अली कम्जोर छ नि .. "सुमित मलाई सजग गराउदै थियो । तर कोही भने बिना साहारा independently माथि पुग्नुमा नै आफुलाई सामर्थ्यवान ठान्थे । फुस्रा माटो जहाँ टेक्यो कि लर्कने ,धन्न कुनै अप्रिय घटना भएन । "धन्नै नलडेको यार, luckily बचेँ ".... "यहाबाट लडेको भये त सिधै तारेमाम हुन्थिस "... "ओए मनिष त्यो ढुङ्गामा नटेक है ,झर्यो भने मलाई लाग्छ ... "... यस्तै यस्तै भय र गर्व मिश्रित बाणिहरु साथीहरुको मुखबाट बर्सीरहेका हुन्थे ।

केही माथि पुगेपछी सबै तिर्खा र थकानले हिंड्नै नसक्ने भईसकेका थिए । तर जङगल नै हो । के को नै कमी थियो र । लटरम्म लालिगुराश फलेको देखियो अनी त भई हाल्यो "के खोज्छस कानो ....आँखो  । " रुख देखेपछी साथी कपिलको मन कहाँ थामिन्थ्यो र ,हेर्न नभ्यौदै उ रुखमा चढिहाल्यो र लालिगुरास टिप्न थाल्यो  । टिप्दै भुइमा फाल्दै । केटाहरु लालिगुरास्को रातो रातो र रसिलो पुष्पदल खान मै ब्यस्त । ... "कस्लाई चाहिन्छ भन है म टिपिदिन्छु  "... "ओए कपिल धेरै माथि नजा है,रुखबाट लड्लास "... "ओए त्यो हागामा नटेक .. भाच्चिन लाछ "... उमङ ,रमेश तलबाट चिच्यौदै थिए । तर आफ्नो सामर्थ्य देखाउने त्यस्तो सुनौलो मौका कहाँ छोड्थ्यो र उ.. रुखै बाट चिच्च्यायो .. " बालै भएन नि .. यस्ता रुख त कती चढियो कती.... ".. केही समय अघी सम्म रङगिन साडिमा सजिएजस्तो गुराशको बोटलाई क्षणभरमै हाम्रै अगाडि नङगाइ छड्यो । हामी के नै गर्न सक्थ्यौ र , त्यही लालिगुराश खाएर केही हद्सम्म भएपनी भोक र तिर्खा मेटाउन बाहेक ।
नाङगो गुराशको बोटलाई त्यही छाडेर हामी केही माथि उक्लियौ । त्यहा एउटा टेन्ट रहेछ । टेन्ट भित्र एउटा भाडामा पानी रहेछ ,तर त्यहाँ कोही मानिस थिएनन । डराइ डराइ भएपनी मजाले धित मर्नेगरी पानी खायौ । एकैछिन हिंड्नासाथ डाडाको चुचुरो आइपुग्यो ... जुन थियो हाम्रो गन्तव्यहिन यात्राको अन्तिम खुडकिलो ... जहाँ पुगेपछी संसारिक जन्जिरहरुबाट मुक्ती पाएको अनुभुती हुन्थ्यो,,, ब्यस्त जिन्दगी र शहरको कोलहालबाट धेरै टाढा । एउटा स्वतन्त्र राज्यमा जहाँ केबल आफ्नै शासन चल्थ्यो,केबल आफ्नै ......

(April 19,2010 मा फेसबूसका पोस्ट गरेको यो लेख मेरो पहिलो यात्रा सँस्मरण थियो । डायरिबाट सारेको हुनाले यसको शिर्शक डायरिको पानाबाट राखेको थिए । त्यसैबाट एक दुई लाइन मात्र इडिट गरी यहाँ पोस्ट गरेको हुँ । )


2 comments:

  1. चम्पा देवी त मा पनि पुगेको छु, मलाई यो ठाउँ साह्रै मन पर्छ, यो ठाउँ सम्झदा मात्र पनि एकदमै आनन्द लाग्छ

    ReplyDelete
  2. काठमाडौंको नजिकै घुमघाम गर्नलाई सबैभन्दा राम्रो डाडा मध्य पर्छ चम्पादेवी...माथिबाट टौदह हेर्नुको मज्जै बेग्लै हुन्छ

    ReplyDelete