Friday, June 15, 2012

कथामा S.L.C.


टि भि , रेडियो र फेसबूकका भित्ताहरु सबै एस.एल.सी को रिजल्ट आएको खबर फैलाइरहेका थिए । कम्प्युटर अगाडि बसेर रमाइरहेका मेरा आँखा अगाडि एकाएक सात बर्ष अगाडिका कुराहरु नाच्न थाले । रिजल्ट आएको थाहा पाउनसाथ ४ बजे नै उठेको र पत्रीका खोज्न बिहानभरी भौतारिएका क्षणहरु रमाईलै थिए ।

बिगतलाई सम्झिदै हराउदै थिए एकैछिनमा फुपुको छोरा कोठामा आएर रिजल्ट हेरिदिन भन्यो । एउटा साइटमा सिम्बोल नम्बर र जन्म मिती राख्नासाथ रीजल्ट कम्प्युटरको स्क्रीनमा एकैछिनमा देखियो । "ओहो! केटोले त ८५ % ल्याएछ ।" रिजालट देख्नासाथ खुशी र आश्चार्य मिश्रित वाक्य मैले बोलिहाले  ।  " जम्मा ८५ % " उसले  मुखबाट फ्यात्त निकालिहाल्यो । म छक्क परे । ८५ % पनि जम्मा भयो रे । खै मैले बुझ्न सकिन ।  ऊ आफ्नो परिश्रमको फल अली बढी नै मीठो भएकोमा मख्ख पर्दै कोठाबाट निस्कियो ।म फेरी सम्झिन थाले मेरो सात बर्ष अगाडिको एस.एल.सी नतिजा । " त्यतिबेला र अहिले तुलना गरेर पनि त भएन नी । " Time value of money" हिसाब गरेझै हरेक बर्ष १ प्रतिशत जोड्दै गए , मेरो भन्दा त बढी रहेनछ । म सन्तुस्ट भएँ ।
      
एकैछिनमा मामाघरबाट एउटा भाईको फोन आयो । उसले ५ वटा सिम्बोल नम्बर टिपायो । शायद सबै जना एउटै क्लासका थिए । मामाघरको त्यो खरले छाएको स्कुल , बडेमानको चौर , आकाशे रङ्को सर्ट लगाएर चौरमा खेलिरहेका बिद्यार्थी ,अझै पनि मेरो मनस्पटलमा ताजै छन । माद्यामिक तहसम्म भाको पनि भर्खर २ बर्ष भयो होला । सानैमा पढेको कथाको कछुवा जस्तो नेट स्लो भए पनि आखिर रीजल्ट हेर्ने साइट खुलेरै छाड्यो । मैले एक एक गर्दै सबै सिम्बोल नम्बरको नतिजा हेरिदिए । तर बिडम्बना ५ जना नै फेल भएछन । ३ जनालाई ईंग्लिश र २ जनालाई बिज्ञान बिषय लागेछ । कल ब्याक गरेर रिजल्ट सुनाउने साहस नै जुटेन । एकैछिनमा उतैबाट फोन आयो । सुन्न आतुर तिनिहरुको कानलाई नराम्रो खबर सुनाउन बाध्य भएँ ।

गाउ नै भए पनि त्यति दुर्गम त थिएन । अझै बिकट गाउको हालत के होला ? के एस.एल.सी ले साच्चिकै विध्यार्थीको क्षमता जाच गर्ला त भन्ने प्रश्न मनमा उठिरह्यो । गाउँमा दिनभर मेलापात गरेर , हातमा ४ वटा किताब च्यापेर पढेका बिध्यार्थी र शहरका सुबिधासम्पन्न भवनमा दर्जनौ किताब पढेका विध्यार्थीलाई एउटै फलामको ढोका पार गर्न लागाउनु जायज होला र ? अब के गर्लान ती फेल भएका बिद्यार्थीहरुले । अरु कती होलान त्यस्ता बिद्यार्थी जो त्यही एस.एल.सी को नतिजाको कारण जिवनलाइ नयाँ मोड दिन वाध्य छन । यस्तै यस्तै कुराले दिमाग भारी भैरहेथ्यो एकै छिनमा मामाघरकै भाईको नम्बरबाट मोबाइलमा sms आयो ," यो सिम्बोल नम्बर एकचोटी फेरी हेरी दिनु न । "



1 comment: