Sunday, November 13, 2016

बजेट कथा

शनिबारको दिन साझ करीब ५:३० बजेको थियो । सिमसिम पानी परीरहेको थियो । गर्मी महिनामा पनि मौसम चिचो चिसो थियो । बाटोको हिलो केलाउदै ४ जना बिधुतका कर्मचारीहरु अपरेटिङ रड लिएर ट्रान्सफर्मर बिग्रेको ठाउमा पुगे । नजिकैको पसलमा रेडियोमा बजेट भाषण घन्किरहेको थियो । एक हुल बुद्धिजिबीहरु पसल बाहिर तातो चिया पिउदै बजेट भाषण सुनिरहेका थिए । त्यतिकैमा रेडियोबाट गमक्क पर्दै अर्थमन्त्रिले अली चर्को स्वरमा भने " कर्मचारीको तलब २५ % ले बढाएको छु" । ट्रान्सफर्मर तल बसेको कर्मचारीले खुशी हुँदै माथि पोस्टमा चढेको कर्मचारीलाई खबर सुनायो " ल है साथी हो तलब २५ % बढेछ ।" सबै जना खुशी शेयर गर्न मात्र के थालेथे चिया खाँदै गरेका एक पाका बुद्धिजिबी प्याच्च बोली हाले " यि सरकारी कर्मचारीहरु काम साम केही गर्ने हैनन तैपनी सरकार यिनैको तलब बढाइ राछ " । यती भन्दै बुद्धिजिबीले सेलाईसकेको चियाको अन्तिम चुस्की सुरुक्क तान्न थाले । 
धन्न धन्न बढेको तलबको हिसाब पनि गर्न नपाउदै खिन्न भएर कर्मचारीहरु ट्रान्सफर्मरको फल्ट केलाउन तर्फ लागे । :(

(नोट: यो लेख गत जेष्ठमा आफ्नै फेसबुक वालमा पोस्ट गरेको थिए ।)