Tuesday, May 22, 2012

बन्दका कुराकानी


३ दिने बन्दको दोस्रो दिन । आदिबासी जनजाती संयुक्त संघर्ष सामितिले जातिय पहीचानसहितको राज्यको माग राख्दै गरेको बन्दले मुलुकभरको जनजीवन कष्ठकर बनाइरहेको थियो । बन्दको पहिलो दिन धेरै नै तनाबपूर्ण रह्यो ।  संचार माध्यममाथि आक्रमण भएकाले पनि हुन सक्छ यो बन्दले अली बडी नै चर्चा पायो । बिभिन्न संघसंस्थाबाट चौतर्फी दबाब आएपनी बन्द फिर्ता लिने आश अलिकती पनि देखिएको थिएन । बिहानै देखी काठमान्डौका सडकहरु सुनसान देखिन्थे । 

राजाधानिको जिबनशैली नै उराठलाग्दो छ ।  छिमेकमा बस्ने मानिसहरुसँग नजिकिने मौका नै पाइदैन । बन्दलाई सम्पूर्ण नेपालीले सरापिरहेका बेला म भने यही बन्दको दिनलाई जसोतसो उपयोग गर्ने सोच बनाए- टोल वरपरका मानिसहरुसँग चीनजान बढाएर । मुलबाटो नजिकै गणेश मन्दिरनिर मानिसहरुको अली बढी नै भिड थियो । घाम ताप्दै बन्दको रमिता हेर्न सबै लालायित देखिन्थे । लाग्थ्यो सबैजना सिनेमाको कुनै रोमान्चक द्रिश्य आउने पर्खाइमा छन ।  म भने ४ जना अली भलाद्मी जस्ता देखिने मानिसहरुको भिड नजिकै गएर सुनसान सडकतर्फ हेरिरहे, त्यही सडक जुन आजकल लगातर थकाई मार्न पाएर खुशी जस्तो देखिन्थ्यो । 

भलाद्मिहरुको भेला अनी बन्दको दिन । यस्तोमा गफगाफ भन्ने कुरा त स्वत: निस्किहाल्छन ,शायद धेरै अघिदेखी निस्किएका धेरै गन्थन मैले सुन्न पाइन होला । "बिहान छ बजे समाचार सुनेको एउटा प्रेसको गाडी नै तोडफोड गर्देछन ।" समुहमा ४५ बर्षाका जस्तो देखिन एक जनाले भने । "कता हो ,प्रेसको मोटारसाइकल पनि जलाये रे । " अर्काले कुरा थपिहाले " तपाई प्रेसको कुरा गर्नु हुन्छ, एम्बुलेन्स त छाडेनन । "
"किन यती हिन्स्रक भा होलान् है मान्छेहरु ?" समुहका अर्का एकजनाले कुरो राखे । मलाई पनि यस कुरामा सहमत जनाउन मन थियो तर आफुभन्दा झन्डै दोब्बर उमेरका मानिसहरु कुरो गरिरा ठाउमा के बोल्नु जस्तो लाग्यो । मौन समर्थन जनाउदै कान ठाडा पार्दै गन्थन सुनिरहे । संगै रहेका एकजना निलो क्याप लगाएका   दाजु अली नम्र भएर बोले " यिनिहरुलाई बन्द गर्ने रहर पनि त थिएन होला नि । बन्द नगरे सम्म सरकार कानमा तेल हालेर बस्छ । आफ्ना हक अधिकार सुनुश्चित गर्न भएनी बन्द त गराउनै पर्‍यो नि ।" उनका कुरामा शायद केही सत्यता थियो होला तर मलाई भने पटक्कै चित्त बुझेन र आँफैले कोरेको नैतीक सिमालाई कुल्चेर प्याच्च बोलिहाले "यसरी जनतालाई दु:ख दिएर पनि हक अधिकारका कुरा गर्न सुहाउछ र ?? सरकार सँग बार्ता गरे भै हाल्यो नि ।" कुराहरु आफ्नै गतिमा अघी बढीरहेका थिए । नेताहरु र बन्दकर्तालाई गाली गर्दा यती आनन्द आउथ्यो कि शायद सम्पूर्ण नेपाली जनताले पाएको स्वोतन्त्रता भनेकाइ यही हो । 

"घुरुङ" "घुरुङ" एउटा बाइक भित्री गल्लिबाट निस्किएर मुल सडकतिर गूड्न थाल्यो, अती तिब्र गतिमा । अरु दिन यसरी बेस्सरी कुदाएको बाइक  देख्दा सार्है रिस उठ्थ्यो । लाग्थ्यो त्यो चालकले आफ्नो रवाफ देखाइरहेको छ । तर अहिले कठै त्यो चालक बन्दकर्ताले समात्लानकी भन्ने डरले बाइक कुदाउन वाध्य छ । त्यसैले  होला कठै भन्न मन लागेको ।  हेर्दाहेर्दै त्यो बाइक एकैछिनमा आँखाबाट ओझेल पर्‍यो ।  सँगैका एक जना दाजु कड्किए "अहिले जुलुशको फन्दामा पर्छ अनी थाहा पाउछ । बन्दको दिन त थन्काएर राखे भैहाल्थ्यो नि ।" 

एकैछिनमा बल्खुतिरबाट एउटा जुलुश आएको देखियो । हातमा झन्डा र लाठि लिएका भर्खर कलेज पढ्ने जस्ता देखिने युवाहरु जोसका साथ संघियताशब्द झुन्डेका थरिथरिका नारा लगाइरहेका थिए । भिड हाम्रो नजिक आइपुग्दा वरपरका केही खुल्ला रहेका सटरहरु कानै थर्कने आवाज निकाल्दै बन्द भए । बाटोमा क्रिकेट खेलिरहेका केटाकेटी पनि ब्याट बल लिएर सडक खाली गरिदिए ।लाग्थ्यो एउटा खहरे खोलो उर्लेर आएको छ जसले आफुसँगै कत्तिका सपनाहरु चुडाएर लाने हो । जुलुसमा आएको एक युवकले बाटो छेउमा अलिकती खुलेको पान पसलमा लाठ्ठिले बजार्यो । अघिसम्म ति बुढा पान पसले हामी जस्तै सडकतिर आँखा तेर्साएर हेरिरहेका थिए । शायद सोचेका थिए होलान यती सानो पसलको सानो ढोका अलिकती खुल्लै राख्दैमा त के नै गर्लान र  ।तर उनलाई के थाहा त्यो उर्लेको खहरे खोलाले यस्ता धेरै सोचाइलाई गलत साबित गरी सक्यो ।             
जुलुस हाम्रै सामुन्नेबाट कालिमाटी तर्फ लाग्यो । केटाकेटीहरु स्टम्प बनाएको काठको बाक्सा र ब्याट लिएर फेरी सडक कब्जा गर्न आइपुगे । संगै बसेका दाजुहरु फेरी नयाँ बिषय फेला परेजसरी कुरा गर्न थालिसकेका थिए । तर निलो क्याप लगाएका ति ३५ बर्ष हारहारिका दाजु त्यहा थिएनन । म छक्क परे । कारीब ५० मिटर जती अघी बढेको जुलुसको पुछारतिर हेरे । हातमा एउटा झन्डा बोकी त्यही दाजु जुलुसको पछी पछी लागेका थिए । म अचम्म त परिसकेको थिए तर अब पालो डराउनु पर्ने थियो । घन्टौ अघी देखिका कुराहरु सम्झना थाले । खै के-के भने तिनिहरुका बारेमा । बन्दकर्ता र तिनिहरुको आयोजकका बारेमा गरेका आलोचनाहरु झल्झल सम्झिन थाले । मन गरुँगो पार्दै तातो घाम र त्यो बन्दले सिर्जना गरेको एउटा बेग्लै बातावरण छाडेर आफ्नो कोठातिर लागे ।       












7 comments:

  1. ठ्याक्कै मुटुमा लाग्यो गाँठे ।राम्रो छ

    ReplyDelete
  2. dami cha yaar trilu. good job. keep it up.

    ReplyDelete
    Replies
    1. ma chahi dinesh hai, timro +2 padhda ko saathi

      Delete
    2. maile chine yaar...la hai sathi padera comment garechhau khusi laagyo..

      Delete