Tuesday, April 24, 2012

फेसबूक स्टाटस


       धेरै दिनपछी आज केही लेखु लेखु लाग्यो । तर कसका बारेमा लेखु - उसका बारेमा जो आफ्नो प्रेमिकालाई भेट्न नपाएर घरमै तड्पिरहेको छ , वा तिनका बारेमा जो राष्ट्रको काचुली फेर्ने सपना बोकेर भोको पेट तातो सडकमा लतारिरहेका छन । वा तिनका बारेमा जो आफ्नो दुई छाक टार्न प्रतिकारको नाममा आफ्नै दाजुभाइलाई लखेट्न वाध्य छन ।

       अँह म लेख्दिन तिनका बारेमा -किनकी मलाई बाच्नु छ । बरु ति पात्रकारका बारेमा लेख्छु जो दु:खद दुर्घटना र भिडन्तलाई नै आफ्नो समाचारको ताज ठान्छन्, कसैका आँखाका आशुलाई आफ्नो क्यमरामा कैद गर्नुलाई नै दक्षता ठान्छन्, म तिनका बारेमा लेख्छु जो पाँच तारे होटेलमा निस्कर्शाहिन बार्ता गर्नमा ब्यस्त छन र प्रानप्यारो कुर्सिमा सुपरग्लु लगाएर टास्सिरहेका छन ।..... त्यही कुर्सिको लोभमा सोझा निमुखा जनतालाई सित्तैमा काठमान्डौ देखाउने प्रलोभनमा पारी उनिहरुको बिचल्ली पार्नेहरुको बारेमा अँह म लेख्दिन किनकी मलाई बाच्नु छ ।

      लेख्नलाई बिषयको कमी नै के छ र , दिनरात कम्प्युटरको अगाडि बसेर फेसबूकमै आन्दोलनप्रती समर्थन र बिरोध जनाउने फेसबूक जेनेरेसनको बारेमा लेखु भने उपन्यास नै बन्न सक्छ । फेसबूकमा एउटा राम्रो स्टाटस लेख्ने बहानामा देशका कुना काप्चा मन घुमाउनेहरुका बारेमा लेख्न थालने हो भने यती ५-६ दिन को बन्दले कहाँ पुग्छ र । तर मनै त हो कहाँ मान्छ र अनी लेख्न थाल्दछ तिनैका बारेमा जो आफ्नो खोक्रो पेट र सुकेको आवाज लिएर घर फर्कन वाध्य छन , जो आफ्नै प्रानप्यरो लैनो भैंसी ले दिएको दुध फाल्न वाध्य छन , जो आफ्नो पुरानो हिरो होन्डा कोठामै थन्काएर राख्न वाध्य छन ... र तिनका बारेमा जो भर्खर किनेको फेजर बाइक शहर घुमाउन नपाएर चिन्तित छन ।

( करीब २ बर्ष अघि  माओवादीले उपत्यकामा अनिश्चितकालिन नाकाबन्दी तथा हडतालको घोषणा गरेका थिए । त्यही प्रसंगमा  मैले फेसबूकमा राखेको छोटो लेख  )


No comments:

Post a Comment