करीब ३ बर्ष अघी पहिलो ट्विट् " nothing..... " लेखेर सुरुवात गरेको ट्विटर् यात्रामा आजसम्म करीब ३ हजार ट्वीट्स् पुग्न आटेछ । यो ३ बर्षमा ट्विटरमा धेरै कुराहरु लेखियो । कहिले आफु भित्र उकुशमुकुश भएका भावनाहरु त कहिले देशको परिस्थितीलाई गरिएको ब्यंग १४० शब्दका समेट्ने प्रयास गरियो । कती त ट्विटरकै भाषामा "हावा छेक्न"लाई मात्र भएनी लेखियो। ति मध्य केही ट्वीट्स् यहाँ संग्रह गर्ने जमर्को गरेको छु ।
·
एक दुई चोटि हन्डर खाँदैमा के चिन्ता लिन्छौ यहाँ
मानिस केही नखाइ त बाँचेका छन
·
बिज्ञानले जतिसुकै प्रगती गर्ला तर चन्द्रमाभन्दा पर
लैजाने मृत्युमाथि भने कहिलै बिजय प्राप्त गर्न सक्दैन
· अमेरिका जान डि भि भरी राख्नु पर्दैन, भाग्य भए चैतको हुरिले उडाएरै अमेरिका पुराउछ
·
कैलेकाही त जिन्दगीको रेसमा अरु सबै खरायो आफुमात्र कछुवा
जस्तो लाग्छ, बच्चामा
पढेको कथा जस्तो भैदिये हुन्थ्यो नि
·
साला जिन्दगी जती बुझ्न खोज्यो उती जटिल लाग्छ, बुझ्न नखोजु अरुका कुरा सुन्दा आफुले मात्र नबुझेको
हो कि जस्तो लाग्छ
·
यदी त्यो कहाली लाग्दो जेष्ठ १९ नआएको भए आज यसरी
हरेक जेष्ठ १४ ले अपमानित हुनु पर्ने थिएन होला #KingBirendra #CA
·
ट्विटरमा जताततै बहस मात्र देख्छु, आफु बालक बुबुरु न त बहसलाई नजरन्दाज गर्न सक्छु न त
बहसको ज्वालामा होमिन,तातो राप तापेरै चित्त बुझाउदैछु
·
जिन्दगीभर गरेका पापहरु गोसाइकुन्डमा पखालियो र फेरी
काठमाडौं छिरियो, नयाँ
पापहरु गर्नलाई
·
जब जब म पशुपतिनाथ जान्छु जिन्दगीको वास्तविकता बुझेको
जस्तो भान हुन्छ तर क्षणिक समयलाई मात्र
·
कुनै दिन ट्विटर् बन्द भयो भन्ने हल्ला चल्यो भने सबै
जना केही नसोची "RIP twitter" लेखेर
ट्विट्न गर्न बेर लाग्दैनन्
·
सरकारी धन उडाउने चाहि भलाद्मी रे, बिचरा एकैछिन मन शान्त पार्न धुवा उडाउने चाँही
अपराधी रे
·
कुनै बेला थियो भट्टराईको क्या इज्जत थियो आजकाल त
"थरमा के राख्या छ र" भन्दै हिंड्ने बेला आयो
·
युरोकपको ट्रफी भन्दा महँगा ट्विटहरु देखेर छक्क
परिरहेको अवस्था
·
यी मुसाले नि केही बाँकी राखेनन हुँदा हुँदा घरमा
पालेको बिरालो नि खान थालेछन्... #पल्ला_घरेको_गफ
·
कहिलेकाही त आफ्नै भाग्यलाई यसरी गाली
गर्न मन लाग्छ कि कसैले सुन्यो भने ATM फिल्मको डायलग बरु सभ्य थियो भन्छ होला
·
काल-जसलाई न त कुनै पहलमानले नै रोक्न
सक्यो न त कुनै सुपरस्टारको कलाकारिताले नै झुक्काउन सक्यो #RIP Rajesh K
·
तर्क दे पासा तर्क..... यहाँ न त कामुकता
नै छ न त अश्लीलता
· कहिले काँही त जिन्दगीमा रमाउने बहाना खोज्दा खोज्दै दिन बितेको पत्तै नहुदो रहेछ
·
आजकाल त बागमती र बिष्णुमती पनि आफ्नो
कल्कलाउदो बैश देखाउदै उर्लदै छे...धन्य ईन्द्र तेरो रहर पुरा भो
·
कोही केक काट्दै छन् कोही कुरा काट्दै
छन्... जे जान्याछ त्यही त काट्ने हो :D
·
साथी यता सबै सञ्चै छन् ,बाबुरे गुच्चादारको छ्त्रछायामा पनि
बाँच्न सक्नु नै यहाँ ठुलो कुरो रैछ
·
"ओ हो कती फोहोर यो बागमती" भन्दै
खोलातिर प्याच्च थुक्ने बानी नछाडे सम्म देश बन्ने वाला छैन
·
ब्रतबन्धको दिन त्यो डोरी भिर्दा कती पनि
सोचे थिन कि त्यो डोरिलाई केही बुद्दीजिबिहरु पासो नै ठान्दा रैछन्
·
साथी र बियर नहुदो हो त जिन्दगी कती निरश
हुन्थ्यो होला #HappyFrenshipDay n #HappyBeerDay
·
4 घण्टा बन्दमा 7 गाडी तोडफोड..उपलब्धी गरे भन्ठान्या
होलान.. कुन दिन मान्छेको फेला पर्छन अनी एक घण्टामै २०६ वटा हड्डी तोड्फोड भएसी
थाहा पाउछन
·
साला जिन्दगी त प्याज नै रैछ जती भित्र
गयो त्यती गनाउने
·
जिन्दगी र सँयोग त एक अर्काका पर्याय नै
हुन,यहाँ हरेक घटना आँफैमा सँयोग हुन ,तिमी र म एकैचोटि #TL मा देखिनु के यो कुनै नियोजित थियो र?
·
नाँगिनु सधैं रहर मात्र हुँदैन,कोही बाध्यताले नाँगिन्छन त कोही देशको लागि नाँगिन्छन् तर
उनी चाँही नुहाउनको लागि नांगिएकी हुन रे
·
भर्खर कुर्ची हल्लियो... के भयो भनेर
बुझ्न ट्विटर् खोलेको... सच्चिकै भुइचालो गाको हो ??
·
शहरभरी तिजको रमझम छ, टुडिखेलमा
महिलाहरु रंगिचङी भएर नाचिरहेका छन तर नजिकैको रत्नपार्क भित्रको माहोल भने
अत्यन्त बेग्लै छ
·
"पशुपतिको आर्यघाट" र
"रत्नपार्क भित्रको चहलपहल" काठमाडौंका ति दुई ठाउ हुन् जहाँको
द्रिश्यले मलाई नानाथरी कुरो सोच्न वाध्य पार्छ
·
यो इश्वर भन्ने कुरो त समयको उपज
कहिलेकाही कुकुरलाई हिर्काएको ढुंगोमा पनि पछी ईश्वर देख्न सकिन्छ
·
किन्न त नसकुला तर पनि मानब जातिले गरेको
प्रगतिमा म नि एकदम खुशी छु #iphone5
·
छलफल गरेरै टुंगोमा पुगिने कुरामा के
यस्तो महँगो रगत बगाउनु...रहरै छ भने बरु रक्तदान गरे हुन्छ नि
·
हामी हार्छौ र त जितको तिर्खा हामीलाई
प्यारो लाग्छ
·
हरेक दिन हरेक ब्यक्तिको जिवनमा एउटा कथा
बुनिन्छ एउटा नितान्त मौलिक कथा
·
अब दशै नजिकिदै छ अर्थात् बुद्धिमानी
मान्छेहरुको भोक मेटाउन तयार पारीएका निर्दोश बोकाहरुको दिनगन्ती सुरु भैसकेको छ
·
जबसम्म म्यारिज गरिदैन तबसम्म मात्र
म्यारिज खेल्नुमा मज्जा छ
·
यदी तिमीले लेखेका शब्दहरुले मेरो मनलाई
चसक्क छोएर मनस्पटललाइ झक्झकाउन सक्छ भने तिमी साच्चै मेरा लागी बरिश्ठ हौ
·
जब हामीसामु कुनै ठुलो समस्या देखा
पर्दैन तब हामी हामी आँफै सानो समस्या खडा गछौ किनकी हामीलाई समस्या सँग जुध्ने
बानी जो बसिसक्यो
·
साथीहरुले बिनासित्ती फुर्काइदिन्छन अनी
म नि फुर्किन्छु......खुशी हुने बहाना जो खोज्दछ जिन्दगी
·
कैयौ झट्कापछी निर्माण भएको भनेर के
घमन्ड गर्नु प्रकृतिको एक झट्काले पनि सातो काड्दो रैछ
·
सर्बसाधारणको घरमा लक्ष्मी छिर्न नदिन
बेलाबेलामा बत्ती काटेको जस्तो लागिराछ, पोस्ट्मा बसेकाहरु त चल्खेल गर्न निक्कै
सिपालु हुन्छन नि
·
आफ्नै देशका नेताले झापड खादा खुशी त
कसलाई पो लाग्या छ र तर कता कता ठिकै गरेउ भन्ने चाँही लागेकै हो
·
अरुले साहित्य हान्या देख्दा रहरै लाउछ
भन्या, म नि एउटि
सँग लप गरेर छोड्नु पर्ला.. अनी एसो बिछोडका गन्थन फुर्थे कि
·
नढाटी भन्नु पर्दा आज उनको बिहे भोज खाएर
आएको शायद जिन्दगीमा पहिलोचोटि होला रसबरी खल्लो लागेको
·
सच्चिकै यो मंसिरले कतिको सपना चुडेर
लान्छ होला है पञ्चेबाजा बजाउदै
·
"भो धेरै नरो तेरो आँशुले लोडशेडिङ घट्दैन
पो भन्छ बा यो प्राधिकरण" अब एकैछिनमा लाइन जान्छ रे... सान्त्वना दिनुहुने
सबैलाई धन्यवाद
·
वास्तविकता हेर्न त थियटरनै धाउन पर्दो
रैछ, बाहिर त
सबै रमिता गर्न मै ब्यस्त छन
·
साथि समाबेशी कोटा भन्ने कुरो त तिमि
हामि बाहुन क्षेत्रीको छोरालाई पन्छाउने अस्त्र पो रहेछ
·
बिचरो एउटो हात्तिको पछी लाग्नुको साटो
दर्जनौ गधाहरुलाई तह लगाए जनतालाई राहत मिल्ने थियो
·
हल्लैको भरमा त हामी यती डराएछौ बिचारो
"धुर्बे हात्ती" तेत्तिका बन्दुके पछी लाग्दा कत्ती डराएको होला
·
17 बर्ष अघि हजुरबाको काध चढेर आको ठाउ
अहिले Land cruiser चढेर आउदा
कम्ता खुसि लाछैन #Gulmi
·
सहरतिर "New Year" कसरि
मनाउने भन्ने चिन्ता होला गाउतिर भने सबैलाई रातिको चिसो कसरि छल्ने भन्ने
चिन्ताले सताईराछ
·
धन्न रुइ र फुइ छ नत्र त दुइ नभएकालाई त
यो जाडो काट्न गारो रैछ
·
हात्ती ,बाग ,भालुहरु सभ्यता खोज्दै सहर छिरिरहेको अवस्थामा मान्छे भने झन्
जनावरको भन्दा गिर्दो व्यवहार देखाउदै छन्
·
काठमाडौँका चिल्ला सडकमा चिल्ला गाडीमा
चिल्ला गफ हान्दै हुइकिने नेता रहेसम्म दुर्गममा बिकाश पुग्ने आश नगरे हुन्छ
·
सडक , बत्ति र नेटवर्क बरु नपुगेका होलान् तर आत्मियता भने गाउ
गाउमा महसुश गर्न पाईन्छ
·
केहि मीठो बात गर TL त्यसै
भरिदै छ,भरे
फेरि उनकै यादमा देवदास बन्नु त छदैछ
·
येस्तरी सोफा बाटै लड्ने गरि हास्छौ भने त भो म अब
हसाउदिन ... तिमीलाई चोट त पार्नु भएन नि
·
राम्रा राम्रा ट्विट् खोज्दै रिट्वित गर्न सक्नु नि
एउटा कला नै हो .....अल्छिहरुको कला
·
भो साथी फ्ल्याशब्याकमा नजाउ ,जिन्दगी
त अघी बढ्नलाई पो हो त ,अतित सम्झेर किन अल्झाउनु यो महँगो समयलाई
·
लोडशेडीङ्ग घटाउन प्रमलाइ सहयोग गरौ ,सबै
मिलि कुनेखानी भरौ #सुसूअभियान
·
रत्नपार्क :जहाँ बिक्छ सबैकुरा सस्तोमा .. हो
"सबैकुरा" अनि सस्तोमा पनि
·
"सक्कल बमोजिम नक्कल ठीक छ" लेख्दा लेख्दा
थाकिसकेका यि हातहरुले सरकारी तलब गन्ने सपना देख्न छाडिसके
·
प्रेमको परिभाषा न उनलाई थाहा थियो न मलाई...तर
भाग्यले साथ दियो..प्रेमको परिभाषा परिक्षामा कहिल्यै सोधेन Feb 14,
2013
·
दुइ छाक खान दिनभर दौडधुप गर्नुपर्नेलाई प्रजातन्त्र
दिवस भित्रेपात्रोमा कोरिएको रातो चिनो बाहेक केहि होइन Feb 18,
2013