Sunday, November 13, 2016

बजेट कथा

शनिबारको दिन साझ करीब ५:३० बजेको थियो । सिमसिम पानी परीरहेको थियो । गर्मी महिनामा पनि मौसम चिचो चिसो थियो । बाटोको हिलो केलाउदै ४ जना बिधुतका कर्मचारीहरु अपरेटिङ रड लिएर ट्रान्सफर्मर बिग्रेको ठाउमा पुगे । नजिकैको पसलमा रेडियोमा बजेट भाषण घन्किरहेको थियो । एक हुल बुद्धिजिबीहरु पसल बाहिर तातो चिया पिउदै बजेट भाषण सुनिरहेका थिए । त्यतिकैमा रेडियोबाट गमक्क पर्दै अर्थमन्त्रिले अली चर्को स्वरमा भने " कर्मचारीको तलब २५ % ले बढाएको छु" । ट्रान्सफर्मर तल बसेको कर्मचारीले खुशी हुँदै माथि पोस्टमा चढेको कर्मचारीलाई खबर सुनायो " ल है साथी हो तलब २५ % बढेछ ।" सबै जना खुशी शेयर गर्न मात्र के थालेथे चिया खाँदै गरेका एक पाका बुद्धिजिबी प्याच्च बोली हाले " यि सरकारी कर्मचारीहरु काम साम केही गर्ने हैनन तैपनी सरकार यिनैको तलब बढाइ राछ " । यती भन्दै बुद्धिजिबीले सेलाईसकेको चियाको अन्तिम चुस्की सुरुक्क तान्न थाले । 
धन्न धन्न बढेको तलबको हिसाब पनि गर्न नपाउदै खिन्न भएर कर्मचारीहरु ट्रान्सफर्मरको फल्ट केलाउन तर्फ लागे । :(

(नोट: यो लेख गत जेष्ठमा आफ्नै फेसबुक वालमा पोस्ट गरेको थिए ।) 


Tuesday, October 28, 2014

Photo Collection:One Evening at Pashupatinath

Pashupatinath Temple at Evening

the safest place on the Earth-its mother's back....... #monkey #pashupatinath


जन्मिनासाथ नै मृत्‍युको रिटर्न टिकट काटिसकेको हुन्छ मान्छे, तैपनी रिश राग र घमन्ड किन गर्छ मान्छे??

चप्पल र मान्छे एउटै हो एउटा साथी चाहिन्छ हजारौ कोश सजिलै पार हुन्छ...
Performing Shiva Tandav Strutam at Pashupatinath
#sadhu #baba #meditation #ashupatnath #Nepal

बाजुन्जेल मात्र होइन अन्तिम क्षणमा समेत साथी खोज्दो रैछ् मान्छे, शायद संगै स्वर्ग/नर्क जानलाई होला 




Friday, February 21, 2014

छोटकरिमा क्यामाण्डु



   काठमाडौं साच्चिकै एक अमुर्त शहर ! हरेक मानिसले यसलाई आफ्नै भोगाइ र सोचाइ अनुसार बर्णन गर्न सक्छन् । एउटा ब्यापारी जब पहिलोपटक काठमाडौं उपत्यका छिर्छ उसले नागढुङा उकालोबाट नै उपत्यकाको खाल्डोमा पैसाको खोलो बगिरहेको देख्छ र त्यही पैसा बटुलेर त्यही खाल्डोमा सपनाको महल बनाउने उपाय रची सकेको हुन्छ । जब कुनै विद्यार्थी पढ्नको लागि राजधानी छिर्छ उसका सुरुका केही दिन त यहाँका रँगी चँगी बिद्यालयका बिल्डिङहरु हेरेरै बित्छ । पिठ्युमा किताबभन्दा गरुँगा बाबु आमाको सपना बोकेर बिद्यालय जादै गरेका केटाकेटी देख्दा उस्लाई पनि कती रहर लाग्दो हो । तर बिस्तारै आफ्नो बा आमाको कमाइले उस्को किताब किन्ने पैसो पनि जुट्दैन भन्ने कटु सत्य थाहा पाउछ बिस्तारै आफ्नो सपनाको दायरा खुम्चाउदै जान्छ । अनी केही दिनमा यो पनि  बुझिसकेको हुन्छ कि गाउमा चर्चाको बिषय बनेको उस्को परिक्षाको प्राप्ताँक यहाँका धेरैजसो बोर्डिङहरुमा भर्ना हुनासाथ स्किमको रुपमा बाँडिएको हुन्छ ।


    कसैले रहररहर त कसैले गिद्दैगिद्दैको शहरसँग दाजेको यस् राजधानिमा जब कुनै ब्यक्ती जागिर पाउने आशामा छिर्छ सुरुसुरुमा त यहाँको भिड छिचोल्न नसकेरै ऊ निस्सासिन्छ । एकले अर्कालाई लखेटिरहेको जस्तो देखिने मानिसहरुको दौडधुपलाई देख्दा ऊ ठान्दो हो कि सबै आ आफ्नो काम धन्दामा जान हतार गरिरहेका छन । तर बिस्तारै बिस्तारै जब ऊ आफु पनि यही अस्तब्यस्त म्याराथूनमा सहभागि हुन थाल्छ तबसम्म उस्ले बुझिसकेको हुन्छ कि यो हस्याङ फस्याङमा जारिरे भन्दा ऊजस्तै बेरोजागारहरुकै सँख्या बढि छ र यसलाई जितेर अघी बढ्न उस्ले यहाँको नियम उल्लङ्घन गर्नै पर्छ ।

   शायद ४-५ कक्षातिरको कुरो हो । मेरो नेपाली भन्ने किताबमा एउटा पाठ थियो जस्मा एउटा विद्यार्थीको काठमाडौं यात्राबारे दैनिकिको रुपमा लेखिएको थियो । त्यो पाठ पढ्नासाथ काठमाडौंको एउटा चित्र मनस्पटलमा बनिसकेको थियो । अनी त्यो पात्रले झै एउटा चिटिक्कको डायरी किनेर काठमाडौं घुमेका कुराहरु लेखुला भनेर पनि सोचेको थिए होला शायद । त्यतिबेला एक रत्तिपनी सोचेको थिएन कि काठमाडौंमा यत्तिका बर्ष बिताइन्छ भनेर तर भबिश्य त्यो बेलाको सानो मस्तिश्कले सोचेको जस्तो कहाँ हुदो रैछ् र । परिस्थिती , अवसर र नियती यि तीन कुरामध्ये कुनै एउटाले पनि साथ नदिएको भए अहिलेपनी म चितवनको कुनै अफिसमा काठमाडौं कती चोटि पुगे भनेर औंला भाच्दै गनिरहेको हुन्थे होला । तर "दुर्भाग्यबश" तिनै कुराले साथ दिएछन । एस् एल सि सकिनासाथ काठमाडौं छिरेको अहिले करीब नौ बर्ष पनि बितिसक्यो । मोटो गाता भाको चिटिक्कको डायरि त किनिसके तर राम्रा कुराले रँगीने मौका भने डायरिले अझै पाएको छैन ।

    राजधानी शहरलाई बर्णन गर्न मान्छेहरुले धेरै शब्द खर्च गरिसके ।
धुलो , धुवा , फोहोर मैला र जामको बारेमा त अब कसैले लेख्यो भने पनि कस्तो पुरानो कुरा लेख्यो जस्तो लाग्न थालिसक्यो । जतिसुकै नराम्रो कुराहरुको पर्याबाची भएपनी समय ब्यतित गर्न भने यहाँ त्यती गाह्रो छैन । रत्नपार्क भित्र बौध्दिकतादेखी शरीरसम्म किनबेच गर्नेहरुको कलाकारिता हेर्ने हो भने पनि २-४ दिन राम्रैसँग बिताउन सकिन्छ । अझै आकाशेपुलमा उभिएर सडकपेटिमा तछाड् मछाड् गरिरहेका भिडमा आफुजस्तै टोलाइरहेका मान्छे गन्ने हो भने त दिन बितेको पत्तै हुँदैन । 



Saturday, February 23, 2013

आफ्नै गन्थनहरु

करीब ३ बर्ष अघी पहिलो ट्विट् " nothing..... " लेखेर सुरुवात गरेको ट्विटर् यात्रामा आजसम्म करीब ३ हजार ट्वीट्स् पुग्न आटेछ । यो ३ बर्षमा ट्विटरमा धेरै कुराहरु लेखियो । कहिले आफु भित्र उकुशमुकुश भएका भावनाहरु त कहिले देशको परिस्थितीलाई गरिएको ब्यंग १४० शब्दका समेट्ने प्रयास गरियो । कती त ट्विटरकै भाषामा "हावा छेक्न"लाई मात्र भएनी लेखियो। ति मध्य केही ट्वीट्स् यहाँ संग्रह गर्ने जमर्को गरेको छु ।



·         एक दुई चोटि हन्डर खाँदैमा के चिन्ता लिन्छौ यहाँ मानिस केही नखाइ त बाँचेका छन

·         बिज्ञानले जतिसुकै प्रगती गर्ला तर चन्द्रमाभन्दा पर लैजाने मृत्‍युमाथि भने कहिलै बिजय प्राप्त गर्न     सक्दैन 

·         अमेरिका जान डि भि भरी राख्नु पर्दैनभाग्य भए चैतको हुरिले उडाएरै अमेरिका पुराउछ

·         कैलेकाही त जिन्दगीको रेसमा अरु सबै खरायो आफुमात्र कछुवा जस्तो लाग्छबच्चामा पढेको कथा  जस्तो भैदिये हुन्थ्यो नि

·         साला जिन्दगी जती बुझ्न खोज्यो उती जटिल लाग्छ, बुझ्न नखोजु अरुका कुरा सुन्दा आफुले मात्र नबुझेको हो कि जस्तो लाग्छ

·         यदी त्यो कहाली लाग्दो जेष्ठ १९ नआएको भए आज यसरी हरेक जेष्ठ १४ ले अपमानित हुनु पर्ने थिएन होला #KingBirendra #CA       

·         ट्विटरमा जताततै बहस मात्र देख्छु, आफु बालक बुबुरु न त बहसलाई नजरन्दाज गर्न सक्छु न त बहसको ज्वालामा होमिन,तातो राप तापेरै चित्त बुझाउदैछु

·         जिन्दगीभर गरेका पापहरु गोसाइकुन्डमा पखालियो र फेरी काठमाडौं छिरियोनयाँ पापहरु गर्नलाई 

·         जब जब म पशुपतिनाथ जान्छु जिन्दगीको वास्तविकता बुझेको जस्तो भान हुन्छ तर क्षणिक समयलाई मात्र 

·         कुनै दिन ट्विटर् बन्द भयो भन्ने हल्ला चल्यो भने सबै जना केही नसोची "RIP twitter" लेखेर ट्विट्न गर्न बेर लाग्दैनन्

·         सरकारी धन उडाउने चाहि भलाद्मी रे, बिचरा एकैछिन मन शान्त पार्न धुवा उडाउने चाँही अपराधी रे

·         कुनै बेला थियो भट्टराईको क्या इज्जत थियो आजकाल त "थरमा के राख्या छ र" भन्दै हिंड्ने बेला आयो

·         युरोकपको ट्रफी भन्दा महँगा ट्विटहरु देखेर छक्क परिरहेको अवस्था

·         यी मुसाले नि केही बाँकी राखेनन हुँदा हुँदा घरमा पालेको बिरालो नि खान थालेछन्... #पल्ला_घरेको_गफ

·         कहिलेकाही त आफ्नै भाग्यलाई यसरी गाली गर्न मन लाग्छ कि कसैले सुन्यो भने ATM फिल्मको डायलग बरु सभ्य थियो भन्छ होला 

·         काल-जसलाई न त कुनै पहलमानले नै रोक्न सक्यो न त कुनै सुपरस्टारको कलाकारिताले नै झुक्काउन सक्यो #RIP Rajesh K

·         तर्क दे पासा तर्क..... यहाँ न त कामुकता नै छ न त अश्लीलता

·         कहिले काँही त जिन्दगीमा रमाउने बहाना खोज्दा खोज्दै दिन बितेको पत्तै नहुदो रहेछ

·         आजकाल त बागमती र बिष्णुमती पनि आफ्नो कल्कलाउदो बैश देखाउदै उर्लदै छे...धन्य ईन्द्र तेरो रहर पुरा भो

·         कोही केक काट्दै छन् कोही कुरा काट्दै छन्... जे जान्याछ त्यही त काट्ने हो :D

·         साथी यता सबै सञ्चै छन् ,बाबुरे गुच्चादारको छ्त्रछायामा पनि बाँच्न सक्नु नै यहाँ ठुलो कुरो रैछ 

·         "ओ हो कती फोहोर यो बागमती" भन्दै खोलातिर प्याच्च थुक्ने बानी नछाडे सम्म देश बन्ने वाला छैन

·         ब्रतबन्धको दिन त्यो डोरी भिर्दा कती पनि सोचे थिन कि त्यो डोरिलाई केही बुद्दीजिबिहरु पासो नै ठान्दा रैछन्

·         साथी र बियर नहुदो हो त जिन्दगी कती निरश हुन्थ्यो होला #HappyFrenshipDay n #HappyBeerDay

·         4 घण्टा बन्दमा 7 गाडी तोडफोड..उपलब्धी गरे भन्ठान्या होलान.. कुन दिन मान्छेको फेला पर्छन अनी एक घण्टामै २०६ वटा हड्डी तोड्फोड भएसी थाहा पाउछन 

·         साला जिन्दगी त प्याज नै रैछ जती भित्र गयो त्यती गनाउने

·         जिन्दगी र सँयोग त एक अर्काका पर्याय नै हुन,यहाँ हरेक घटना आँफैमा सँयोग हुन ,तिमी र म एकैचोटि #TL मा देखिनु के यो कुनै नियोजित थियो र?

·         नाँगिनु सधैं रहर मात्र हुँदैन,कोही बाध्यताले नाँगिन्छन त कोही देशको लागि नाँगिन्छन् तर उनी चाँही नुहाउनको लागि नांगिएकी हुन रे 

·         भर्खर कुर्ची हल्लियो... के भयो भनेर बुझ्न ट्विटर् खोलेको... सच्चिकै भुइचालो गाको हो ??

·         शहरभरी तिजको रमझम छ, टुडिखेलमा महिलाहरु रंगिचङी भएर नाचिरहेका छन तर नजिकैको रत्नपार्क भित्रको माहोल भने अत्यन्त बेग्लै छ 

·         "पशुपतिको आर्यघाट" र "रत्नपार्क भित्रको चहलपहल" काठमाडौंका ति दुई ठाउ हुन् जहाँको द्रिश्यले मलाई नानाथरी कुरो सोच्न वाध्य पार्छ 

·         यो इश्वर भन्ने कुरो त समयको उपज कहिलेकाही कुकुरलाई हिर्काएको ढुंगोमा पनि पछी ईश्वर देख्न सकिन्छ

·         किन्न त नसकुला तर पनि मानब जातिले गरेको प्रगतिमा म नि एकदम खुशी छु #iphone5 

·         छलफल गरेरै टुंगोमा पुगिने कुरामा के यस्तो महँगो रगत बगाउनु...रहरै छ भने बरु रक्तदान गरे हुन्छ नि 

·         हामी हार्छौ र त जितको तिर्खा हामीलाई प्यारो लाग्छ 

·         हरेक दिन हरेक ब्यक्तिको जिवनमा एउटा कथा बुनिन्छ एउटा नितान्त मौलिक कथा

·         अब दशै नजिकिदै छ अर्थात् बुद्धिमानी मान्छेहरुको भोक मेटाउन तयार पारीएका निर्दोश बोकाहरुको दिनगन्ती सुरु भैसकेको छ 

·         जबसम्म म्यारिज गरिदैन तबसम्म मात्र म्यारिज खेल्नुमा मज्जा छ

·         यदी तिमीले लेखेका शब्दहरुले मेरो मनलाई चसक्क छोएर मनस्पटललाइ झक्झकाउन सक्छ भने तिमी साच्चै मेरा लागी बरिश्ठ हौ 

·         जब हामीसामु कुनै ठुलो समस्या देखा पर्दैन तब हामी हामी आँफै सानो समस्या खडा गछौ किनकी हामीलाई समस्या सँग जुध्ने बानी जो बसिसक्यो


·         साथीहरुले बिनासित्ती फुर्काइदिन्छन अनी म नि फुर्किन्छु......खुशी हुने बहाना जो खोज्दछ जिन्दगी 

·         कैयौ झट्कापछी निर्माण भएको भनेर के घमन्ड गर्नु प्रकृतिको एक झट्काले पनि सातो काड्दो रैछ 

·         सर्बसाधारणको घरमा लक्ष्मी छिर्न नदिन बेलाबेलामा बत्ती काटेको जस्तो लागिराछ, पोस्ट्मा बसेकाहरु त चल्खेल गर्न निक्कै सिपालु हुन्छन नि

·         आफ्नै देशका नेताले झापड खादा खुशी त कसलाई पो लाग्या छ र तर कता कता ठिकै गरेउ भन्ने चाँही लागेकै हो

·         अरुले साहित्य हान्या देख्दा रहरै लाउछ भन्या, म नि एउटि सँग लप गरेर छोड्नु पर्ला.. अनी एसो बिछोडका गन्थन फुर्थे कि 

·         नढाटी भन्नु पर्दा आज उनको बिहे भोज खाएर आएको शायद जिन्दगीमा पहिलोचोटि होला रसबरी खल्लो लागेको

·         सच्चिकै यो मंसिरले कतिको सपना चुडेर लान्छ होला है पञ्चेबाजा बजाउदै 

·         "भो धेरै नरो तेरो आँशुले लोडशेडिङ घट्दैन पो भन्छ बा यो प्राधिकरण" अब एकैछिनमा लाइन जान्छ रे... सान्त्वना दिनुहुने सबैलाई धन्यवाद

·         वास्तविकता हेर्न त थियटरनै धाउन पर्दो रैछ, बाहिर त सबै रमिता गर्न मै ब्यस्त छन 

·         साथि समाबेशी कोटा भन्ने कुरो त तिमि हामि बाहुन क्षेत्रीको छोरालाई पन्छाउने अस्त्र पो रहेछ 

·         बिचरो एउटो हात्तिको पछी लाग्नुको साटो दर्जनौ गधाहरुलाई तह लगाए जनतालाई राहत मिल्ने थियो 

·         हल्लैको भरमा त हामी यती डराएछौ बिचारो "धुर्बे हात्ती" तेत्तिका बन्दुके पछी लाग्दा कत्ती डराएको होला

·         17 बर्ष अघि हजुरबाको काध चढेर आको ठाउ अहिले Land cruiser चढेर आउदा कम्ता खुसि लाछैन #Gulmi

·         सहरतिर "New Year" कसरि मनाउने भन्ने चिन्ता होला गाउतिर भने सबैलाई रातिको चिसो कसरि छल्ने भन्ने चिन्ताले सताईराछ

·         धन्न रुइ र फुइ छ नत्र त दुइ नभएकालाई त यो जाडो काट्न गारो रैछ

·         हात्ती ,बाग ,भालुहरु सभ्यता खोज्दै सहर छिरिरहेको अवस्थामा मान्छे भने झन् जनावरको भन्दा गिर्दो व्यवहार देखाउदै छन्

·         काठमाडौँका चिल्ला सडकमा चिल्ला गाडीमा चिल्ला गफ हान्दै हुइकिने नेता रहेसम्म दुर्गममा बिकाश पुग्ने आश नगरे हुन्छ

·         सडक , बत्ति र नेटवर्क बरु नपुगेका होलान् तर आत्मियता भने गाउ गाउमा महसुश गर्न पाईन्छ 

·         केहि मीठो बात गर TL त्यसै भरिदै छ,भरे फेरि उनकै यादमा देवदास बन्नु त छदैछ

·         येस्तरी सोफा बाटै लड्ने गरि हास्छौ भने त भो म अब हसाउदिन ... तिमीलाई चोट त पार्नु भएन नि 

·         राम्रा राम्रा ट्विट् खोज्दै रिट्वित गर्न सक्नु नि एउटा कला नै हो .....अल्छिहरुको कला

·         भो साथी फ्ल्याशब्याकमा नजाउ ,जिन्दगी त अघी बढ्नलाई पो हो त ,अतित सम्झेर किन अल्झाउनु यो महँगो समयलाई

·         लोडशेडीङ्ग घटाउन प्रमलाइ सहयोग गरौ ,सबै मिलि कुनेखानी भरौ #सुसूअभियान

·         रत्नपार्क :जहाँ बिक्छ सबैकुरा सस्तोमा .. हो "सबैकुरा" अनि सस्तोमा पनि

·         "सक्कल बमोजिम नक्कल ठीक छ" लेख्दा लेख्दा थाकिसकेका यि हातहरुले सरकारी तलब गन्ने सपना देख्न छाडिसके

·         प्रेमको परिभाषा न उनलाई थाहा थियो न मलाई...तर भाग्यले साथ दियो..प्रेमको परिभाषा परिक्षामा कहिल्यै सोधेन Feb 14, 2013 

·         दुइ छाक खान दिनभर दौडधुप गर्नुपर्नेलाई प्रजातन्त्र दिवस भित्रेपात्रोमा कोरिएको रातो चिनो बाहेक केहि होइन Feb 18, 2013 







Monday, August 20, 2012

यात्रा: अद्रिश्य पर्खालको खोजिमा


खुट्टाहरु गल्न थलिसकेका थिए । सुनसान जंगल, अध्यारिएको आकाश, चराचुरुङी आफ्नै लयमा भाका बुनिरहेका थिए । साथिहरु आफ्नै तालमा हिडिरहेका थिए । मलाई फेरि एकचोटी सोध्न मन लाग्यो अलि निस्चिन्त हुन। थकित स्वरमा मैले उसलाइ सोधिहाले ,"हामी पुग्ने चाँही कहाँ हो नी ?" उस्ले उही पुरानो मुस्कान फिस्स छोड्दै भन्यो -"मैले तिमीलाई अघि नै भनेको होईन ,पर्खाल हेर्न जान थालेको ।"

हो , यति त उसले कलेज मै भनिसकेको  थियो । 7th सेमेस्टरको  पहिलो दिन ,एकाएक कलेजमै सबैजना भेट भएका थियौ र सदा झै हचुवामा प्लान बनेको थियो ,लामो पर्खाल घुम्न जाने । मैले फेरि सोधे- "कस्तो पर्खाल हो र ? " उस्ले भन्यो "नेपालको सबैभन्दा लामो पर्खाल ।"  "ohoo!great wall of nepal " उसको मुस्कानलाई टक्कर दिने प्रयास गर्दै मैले भने ,"तिमी पहिले पनि आएका थियौ ? " "नो" उसले टाउको हल्लायो । "अनी यहाँ छ भन्ने कसरी थाहा पायौ त ?" ऊसले गर्वसाथ उत्तर दियो- "सामान्य ज्ञानको किताब पढेको थिए , त्यसैमा लेखेको थियो ,नेपालको सबैभन्दा लामो पर्खाल शिवपुरी राष्ट्रिय निकुन्जमा छ भनेर । "

उसको यस्तो जवाफ सुन्नासाथ् कताकता भिन्न अनुभुती भयो । पहिलेको भन्दा अलिकति भिन्नै । हुनत हाम्रो घुमघाम गन्तब्यहिन नै हुने गर्थ्यो । बाटो नाप्दै गएपछी , गन्तब्य बन्दै जान्थ्यो । जति जति खुट्टाहरु अघि बढ्दै जान्थे, हाम्रो हाम्रो यात्रा उती जटिल र रोमान्चक बन्दै जान्थ्यो खुट्टा र गफको तालमा । adventurous  यात्रा गर्ने बहानामा कैयौपल्ट स-साना बाधा अड्चन पनि नपरेका होइनन । तर यो यात्रा पहिलेको भन्दा अली फरक थियो । फरक कुन अर्थमा म किटेरै भन्न सक्दिन । तैपनि केही फरक भने अवस्य थियो ।

सधैं घुमघाममा हामी केटाहरु मात्र हुन्थ्यौ । तर यो यात्रामा हाम्रा दुई केटी साथिहरु पनि संगै घुम्न आएका थिए । त्यसैले  हामि माथी समयको पावन्दी थियो अनी गन्तब्य थियो सामान्य ज्ञानको पानामा अधिपत्य जमाएको नेपालको लामो पर्खाल हेर्ने ।  जति जति केटाहरुको गफमा weight थपिदै जान्थ्यो , हाम्रो खुट्टाको गति पनि त्यहि अनुसार बढ्दै जान्थ्यो । यस्तै घुमघामबाट हामीले एउटा निश्कर्ष  भने निकालिसकेका थियौ -"जसले रोमन्चक गफ हान्न सक्छ उस्को ग्रुप अगाडी हुन्छ। "  हुन पनि हो चर्को स्वरमा फिल्मी गफ हान्ने साथी र भाबुकता र पढाइका गफ गर्ने साथिहरुबिच निकै दुरी देखिन्थ्यो हिड्ने क्रममा । कहिले area 51  का कुरा त कहिले   क्रीकेट मास्टर सचिनका कुरा । कहीले महाभारत का कुरा त कहीले Dan Brown का Da Vinci Code का कुरा । कसरी अटेका होलान् त्यत्तिका कुराहरु एउटै हरफमा ।

"ओये राजन अली बिस्तारै बोल है " खै राजनको मुखबाट के निस्कियो त्यस्तो अर्कोले साबधान गराइरहेको थियो । साँच्चै केही सतर्क हुनु पर्ने समय जो थियो । non-veg  शब्द निकाल्न अली मनाही थियो । पहिले पहिले को घुमघाम्मा त जति जे बोले पनि हुन्थ्यो । शब्दहरु स्वतन्त्रता चाँहदा रहेछन र स्वतन्त्रताले शब्दलाई अश्लिल पनि बनाउदो रहेछ । कति शब्दहरु घाटीमै अड्किन्थे र केही शब्द फिल्टर हुदाहुदै पनि फुत्त बाहिर निस्कन्थे र केटाहरु जिब्रो टोक्दै पछुताए झैँ गर्थे ।

 पृष्‍ठभुमीमा चराचुरुङीको संगितमा साथिहरु परेड खेलेझैँ आवाज निकाल्दै अघि बड्दै थिए कुनै बेग्लै संसारको खोजिमा । भर्खरै सकिएको 6th semesterko examले सबैको दिमाग hang गरिसकेको थियो । महिनौ दिनसम्म चलेको examले  जबरजस्ती दिमागलाई खेलाउन वाध्य बनाएको थियो । "आफुले जे छाड्ड्यो त्यहि प्रश्न सोध्छ यार ।" "यो सेम त धोबी भयो ।" अर्कोले थप्दै थियो । "कहीले पो राम्रो भाथ्यो र ? " केटाहरु गुनासो पोखिरहेका थिए । संगै घुम्नुको मज्जानै यही थियो सबैको पिडा share गर्न पाइन्थ्यो । ऊता रमेश loudspeaker भन्दा चर्को स्वोरमा चिच्याइरहेको थियो -" लास्टको एउटा  numerical त छुदा पनि छोएन यार ।"
     
यसो  घडी हेरेको ५ बज्न थालिसकेको थियो । जाडो महिना सुर्यले आफ्नो duty छिट्टै सकिएको संकेत दीइरहेको थियो । छायाहरुको लम्बाइ बढ्दै थियो समानुपातिक रुपमा समय संगै । अगाडिका साथीहरु गन्थन गर्न थालेका थिए खै के बिषयमा हो । कुरो बुझ्दै जादा थाहा भयो हामीले त गन्तब्य नै बदली सकेका रहेछौ । बीच बाटोमै केटाहरुले लामो पर्खाल भयेतिर जान नभ्याउने अड्कल काटेछन । त्यता जाँदा साझ पर्ने र होस्ट्ल बस्ने केटी साथिलाई अप्ठ्यारो हुने , आदि कारणले अगाडी हिडेका साथिहरुले त्यस्तो निर्णय लिएछन । अरु कसैलाई पत्तै भएनछ । "कत्रो होला त नेपालको लामो पर्खाल ",,"कसका पालामा बनेथ्यो होला ?",,,आदी इत्यादी प्रश्नहरु अनुत्तरित भइरहे examको खाली पेपर जस्तै । साथिहरुको उत्सुकता त्यसै सेलाउदै गयो । केटाहरु कनकनाउदै  थिए ।-"ओहो ! धन्नै great wall of china जत्तिकै रहेछनी । बरु चन्द्रमाबाट पो देखिन्छ की देखिदैन । '"  हिड्ने जागर पनि मरिसकेको थियो । राष्ट्रिय निकुन्जको घना जंगल  पातलिदै जादा एउटा सानो गाउँ देखिए जस्तो लाग्यो । १२ जनाको टोली एउटा भाचिएको रुखको आडमा एकैछिन बिश्राम् लियौ । कोहि कोहि भने सविनलाई ठट्टौरी पारामा अझै भनिरहेका थिए । -"सबिनको सामान्य ज्ञानको पर्खाल त अद्रिष्य नै रहेछ ।"

( यो लेख January 30, 2011 मा  फेसबूकमा पोस्ट गरेको थिए ) 


Wednesday, August 1, 2012

तबसम्म देश बन्दैन


ट्विटरमा कहिलेकाही गम्भिर बिषयमा पनि रमाइलो तरिकाले बहश हुने गर्दछ । कती कुरा मात्र रमाइलो गर्नका लागि लेखिन्छ भने कती कुरा साच्चिकै चित्त नबुझेर लेखिन्छ । आज एक्कासी ट्विटरमा "कहिलेसम्म देश बन्दैन " भन्ने बिषयमा बहश सुरु भयो ।  खै कहाबाट सुरु भयो यो त मैले पत्ता लगाउन सकिन तर पनि देश नबन्नुका कारणहरुबारे बिभिन्न धारणाहरु टाइमलाइनमा पोखिए । हुन त यहाँ लेखिएका कती कुराहरु हल्का भावनाहरु मात्र लाग्न सक्छन तर पनि केही बिचारहरु  भने साच्चिकै मनन गर्न योग्य छन । गम्भिर कुराहरुलाई रमाइलो रुपमा प्रस्तुत गरिने ट्विटरमा देश प्रगतिको बाटोमा लम्कन नसक्नुका कारणहरु के के लेखिएको रहेछ त पढौ हामी पनि


Ananta Koirala ‏@AnantaBrt
जबसम्म पाँचतारे होटलहरूमा सेमिनार र मिटिङ सकिँदैन तबसम्म यो #देश बन्दैन। सबैलाई थाहा छ देश सेमिनार र मिटिङले बिग्रेको हो :(


प्रधानपञ्च ‏@pradhanpunch
जब सम्म जनता सचेत हुँदैनन र पैसा, रागो र रक्सी कै ह्याङ मा भोट् हाल्न छाड्दैनन् तब सम्म देश बन्दैन ।


Bigyan Neupane ‏@bigyan_science
जब सम्म १ रुपैयाको काम गरेर १०० रुपैयाको कुरो गर्न छोड्दैनन् मानिस तब सम्म बन्दैन देश।:)


Dipesh कोइराला ‏@addkali
जब सम्म देश प्रेम नेपालीलाई हल्ला लाग्छ तब सम्म यो #देश बन्दैन :p


Nilambar ‏@nilambar
जब सम्म मान्छेहरु काम को बेलाँ अपिसाँ बसेर टुइटर र फेसबुक चलाउछन तब सम्म यो देश बन्दैन :D


Govinda Shrestha ‏@goshrestha
जब सम्म भ्रष्टचारिहरू जेल पर्छन तब सम्म #देश बन्दैन, यिनलाई फैसला हुने बित्तिकै अदालत भित्रै मृत्युदण्डको ब्यबस्था हुनु पर्छ !!!On The Spot


Ananta Koirala ‏@AnantaBrtजबसम्म घाटबाट मुर्दा उठेर सडकमा दौडिदैन तबसम्म यो देश बन्दैन। देशमा मुर्दाहरूको जो राज छ, ज्यूँदाहरू कहिल्यै जन्मेनन् राजनीतीमा :( #Nepal


Frenzdiary Patriotic ‏@Frenzdiary
जसले जे भने पनि देश आफु नबन्दा(ज्ञानी,मेहनती ,अनुशाशित र सफल)सम्मबन्दैन|नेता,बिदेशी र राजनीति एकदम सहायक तर ठूला प्राविधिक हल्ला मात्र हून|


Balkrishna Ghimire ‏@ghimireab
जब सम्म गाउ गाउका मान्छेले ट्विटर चलाउदैनन तबसम्म #देश बन्दैन :)


Dipesh कोइराला ‏@addkali
जबसम्म बालकलाई स्तनपान गराउन छाडि डिस्को जान छोड्दिनौ तब सम्म यो #देश बन्दैन


slow mind ‏@Chalise86
जती #TL म कोहोलो गरेपनी म नफर्की देश बन्दैना के तेसैले सबै मिलेर मलाई #PMबनाउने बातावरण तयार पर्नुपर्यो :D


Raji Bajracharya ‏@rbazra
#जबसम्म आम नेपालीको टुलुटुलु हेरेर बस्ने र जे गरे पनि सहेर मात्रै बस्ने बानीहट्दैन... तबसम्म #देश बन्दैन ।


Anjan Panthee ‏@wanzanpanthee
जबसम्म मान्छेले हाइवे भन्ने फिल्म बुझ्देनन तबसम्म देश बन्दैन लौ जा....!!!!


Trilochan Bhattarai ‏@Trilochan347
"ओ हो कती फोहोर यो बागमती" भन्दै खोलातिर प्याच्च थुक्ने बानी नछाडे सम्म देश बन्ने वाला छैन


JawKnockRaazaa ‏@Jaw_Knock
बाबुरामलाई फिटिक्क काम गर्न नदे'र मात्र हो, नत्र दुई-चाटा देश ता बाउरामले बनाइदिन्थे, के को ल्याङ ल्याङ !! :))


Suraj Kumar Aryal ‏@Chhucho_Keto
भ्रम नै सहि कसैलाई गालि गर्दैमा र देश देश भनेर चिच्याउँदैमा देश बन्छ भनेर बिश्वास गर्दिन, सबैले आफ्नो उत्तरदायित्व पुरा गर्नैपर्छ देश बनाउन


Nirajan Sinkhada ‏@NiranDai
 चोर नेता जति सबैलाई यमलोक नपठाई बन्दैन यो देश


प्रधानपञ्च ‏@pradhanpunch
यो देशका कर्मचारी जब सम्म आफ्नो पेसा प्रती इमान्दार हुँदैनन तब सम्म देश बन्दैन। काम मा ध्यान छैन खाली twitter त । :P


Lenin Banjade ‏@lendaai
रोममा आगो लागिरहँदा निरोले मुरली बजाएजस्तै हो मित्र हामी ! गफ गरेर देश बन्ने भए गच्छदार, बाबुरामहरू रातदिन लागिपरेर यति मेहनत गर्थेनन् !


सुकुम्बासी Pasha ‏@KTMtwt
 जबसम्म भासन डिन सक्षम टर रासन दिन बौको ब्बया देख्ने बर्ग देश र ट्वीटरमा राज गर्छन्, टबसम्म देस् बन्डैन।













Monday, July 23, 2012

Photo Collection : 1



      

हरेक बर्ष झै २०६८ सालको दशैको बेला पनि बर्दघाट (नवलपरासी) स्थित आफ्नो घर गएको थियो । काठमाडौंको कोलाहल र प्रदुशणबाट पाएको दु:खलाई सम्झने हो भने त केही दिन गाउघरमा रमाईलै हुदो रैछ तर आफ्नो उमेरका साथिहरु त्यती नभएकाले अली-अली बोर पनि लाग्दो रैछ ।धेरै जस्तो साथीहरु बिदेश गएका छन भने कोही पढ्नलाई काठमाडौंमै बसेका छन् । तर यसपाली भने साथीको रुपमा एउटा कम्प्याक्ट क्यामरा थियो क्यानोनको । गएको अर्को दिन बिहान देखी नै क्यामरा लिएर हिंडे । खोला र खेतबारी चहारेर केही फोटाहरु खिच्दा  ४ घण्टा बितेको थाहा नै पाएनछु । पहिलो चोटि मोबाइल नै घर छोडेर हिंडेकोले घर एकैछिन त " छोरो " कता गएछ भनेर खोजतलाश नै भएछ ।त्यसबेला खिचेका केही फोटाहरु क्याप्सन सहित यहाँ पोस्ट गरेको छु । 



Dragon fly: हाम्रो तिर यसलाई खेताला किरा भनिन्छ । यस् किरा सँग मैले कारीब आधा घण्टा बिताउदा  के थाहा पाए भने खेताला किरा बसिराको ठाउमा कसैले डिस्टर्ब गर्‍यो भने त्यो भाग्दो त रहेछ तर फेरी त्यही आएर बस्दो रैछ । 




घिरौलाको फूलमा सानो पुतली जस्तो किरा 
It tries. I fails. It tries again. It fails better.....but finally it climbs to the top  
यस्को फोटो खिच्न खोज्दा यस्ले मलाई हेर्न त हेर्यो तर मैले बुझ्न सकिन यो उस्को निन्याउरो मुख थियो वा आफ्नै किसिमको स्माइल । तर बिचरोलाई कती पनि थाहा थिएन कि यो नै उसको अन्तिम फोटो थियो । किनकी अर्को दिन त ऊ कसैको दसैंको बोको बन्नु थियो । 

अनारको नफक्रिएको फूल 

तुलसिको फूल

सबै कुरा रहरले मात्र गरिदैन रे ....बिहानको सात बजेथ्यो होला, कुहिरोले पछाडि देखिएको  जँगल पुरै ढाकेको थियो । तर त्यही अस्पष्ट जँगल नै यिनिहरुको गन्तब्य थियो ।